(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो
ऐन प्रारम्भ भएपछि दफा ४ बमोजिमको अवस्थामा बाहेक कुनै निकायको लागि सङ्गठन
संरचना र दरबन्दी सृजना गरिने छैन ।
(२) दफा ४ बमोजिमको सङ्गठन संरचना र दरबन्दी निर्धारण भई स्वीकृत
नभएसम्म प्रचलित कानून बमोजिम रिक्त पदमा खुला वा बढुवाद्वारा पदपूर्ति गर्न बाधा पर्ने
छैन ।
(३) उपदफा (२) बमोजिम भएको विज्ञापन अनुसार नियुक्ति वा बढुवाको लागि
सिफारिस भई आएको उम्मेदवारलाई दफा ४ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको
लागि स्वीकृत भएको नयाँ संरचना र दरबन्दीमा समायोजन गर्न बाधा पुगेको मानिने छैन ।
(४) प्रदेश लोक सेवा आयोग गठन नभएसम्म प्रदेश वा स्थानीय तहको स्वीकृत
दरबन्दीको रिक्त पदमा सम्बन्धित प्रदेश वा स्थानीय तहले नेपाल सरकार मार्फत पठाएको
मागका आधारमा लोक सेवा आयोगले पदपूर्तीको लागि उम्मेदवार सिफारिस गर्न सक्नेछ ।